युनिलिभर नेपालद्वारा प्रधानमन्त्री राहत कोषमा ५० लाख हस्तान्तरण

Advertisement

काठमाडौं । युनिलिभर नेपालले बाढीपहिरोपीडितका लागि ५० लाख रुपियाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषलाई हस्तान्तरण गरेको छ ।

कम्पनीका नेपालका प्रबन्ध निर्देशक र सीईओ, अम्लान मुखर्जी र संस्थापक साझेदार रविभक्त श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ५० लाखको चेक हस्तान्तरण गरेका छन् ।

Advertisement

यसअघि कम्पनीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत राहतको आवश्यकतामा परेकाहरूलाई दैनिक सरसफाइका सामग्री पनि उपलब्ध गराएको छ ।

 

Advertisement

Advertisement