कामका लागि थोरै कामदार लाने कोरियाली रणनीति, ईपीएस परीक्षामा ९० प्रतिशत अनुत्तीर्ण
File Photo

Advertisement

काठमाडौं । इम्प्वाइमेन्ट पर्मिट सिस्टम (ईपीएस) कोरिया शाखाले यो वर्ष रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिएकाहरूमध्ये करिब १० प्रतिशत मात्रै सफल भएको जनाएको छ ।

कोरियाले कामका लागि थोरै कामदार लाने रणनीतिको रुपमा परीक्षामा कडाई गरेको हो । सन् २०२४ सुरु भएयता हालसम्म करिब एक लाख २५ हजारले उत्पादनमूलक क्षेत्रमा रोजगारीका लागि दक्षिण कोरिया जान भाषा परीक्षा दिइसकेका छन्। जसमध्ये १३ हजार ९०४ जना मात्रै उत्तीर्ण भएको ईपीएस कोरिया शाखाले जनाएको छ । 

Advertisement

बीबीसीका अनुसार बाँकी ३६ हजारको परीक्षा यही नोभेम्बर ११ बाट सुरु भएर डिसेम्बर १५ मा सकिँदैछ । त्यसबाट पनि दक्षिण कोरियाले करिब दुई हजार पाँच जना कामदार मात्रै छनौट गरिने जानकारी दिएको छ । अब हुने परीक्षामा यसअघि भन्दा कम, करिब सात प्रतिशत, मात्रै छनौट हुनेछन् ।

दिएकाहरूको परीक्षा सक्न वर्षभरि लाग्ने भएपछि दक्षिण कोरियाले नेपालबाट ‘रुट इन्डस्ट्री’ बाहेकका अन्य क्षेत्रको भाषा परीक्षा नगराएको जनाइएको छ । रुट इन्डस्ट्री भनिने वेल्डिङ लगायतका क्षेत्रमा ५० जना अर्धदक्ष कामदारहरूका लागि भने विशेष परीक्षा लिइएको थियो।

दक्षिण कोरियाले वर्षभरिमा लैजाने कामदारहरूको सङ्ख्या पहिले नै तोकेको र नेपालमा परीक्षाका लागि आवेदन दिने धेरै भएका कारण अधिकांश मानिसहरू अनुत्तीर्ण भएको ईपीएस कोरिया शाखाका अधिकारीहरूको भनाई छ । 

यो वर्ष नेपालको कोटा भन्दा १० गुणाभन्दा धेरैले भाषा परीक्षाका लागि आवेदन दिएका कारण ९० प्रतिशत छनौटमा नपरेका हुन् । 

ईपीएस कोरिया शाखाका अनुसार अहिले दक्षिण कोरियाको ह्युमन रिसोर्स डिभलपमेन्ट (एचआरडी) सर्भिसले दैनिक पाँच समयमा गरेर हजार जनाको भाषा परीक्षा लिइरहेको छ । 

Advertisement

Advertisement