विदेशमा मृत्यु भएकाको परिवारका लागि आर्थिक सहयोग पाँच लाखबाट दश लाख बनाइँदै

Advertisement

काठमाडौं । यही गएको असोज १८ गते बसेको मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित भएसँगै श्रमस्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीको मृत्यु भएमा आर्थिक सहायता रकम बृद्धि हुने भएको छ । 

सरकारले मृत्यु भएका परिवारलाई १० लाख रुपियाँ दिने भएको छ । नियमावली संशोधन भएपछि सात लाख रुपियाँबाट बढाएर १० लाख बनाइएको हो । वैदेशिक रोजगार बोर्डका अनुसार असोज १८ गते मन्त्रिपरिषद्ले वैदेशिक रोजगार नियमावली संशोधन पारित गरेसँगै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । 

Advertisement

मृतक परिवारले पाउँदै आएको राहत बढाएर अब १० लाख दिइने कुराले पीडित परिवारलाई थप राहत मिल्ने आशा गरिएको छ । वैदेशिक रोजगार नियमावली २०६४ को छैटौं संशोधन गर्दै आर्थिक सहायता रकम वृद्धि गरिएको हो । वैदेशिक रोजगारीमा जानुअघि श्रमिकले कल्याणकारी कोषमा जम्मा गरेको रकम नै उनीहरुले राहतबापत प्राप्त गर्दै आएका छन् ।

सरकारले भने श्रमिकको कल्याणकारी कोषमा जम्मा गएको रकमबाट मृत्युको क्षतिपूर्ति रकम दिने गरेको छ ।

Advertisement

Advertisement