काठमाडौं । मौलाकालिका हाइड्रोपावर कम्पनी लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँको दरमा हाल कायम शेयरधनीका लागि सो शेयर बिक्रीमा ल्याएको हो ।
इच्छुक शेयरधनीले ७ दिनभित्र आवेदन दिन सक्नेछन् । तोकिएको समयमा पनि शेयर बिक्री नभए सर्वसाधारणका लागि खुला गरिने कम्पनीले जनाएको छ ।
कम्पनीले यसअघि पनि संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने गरी बिक्री खुला गरेको थियो । तर तोकिएको म्यादभित्र केहीले मात्रै आवेदन दिएको तथा आफूले खरिद गरेको शेयरबापतको रकमसमेत जम्मा नगरेकाले थप ७ दिनको समय दिइएको कम्पनीले जनाएको छ ।