शेयर बजारमा उछालः सबै समूहमा हरियाली, करीब १० अर्बको कारोबार

Advertisement

काठमाडौं । शेयर बजार उच्च अंकले बढ्दा आज करीब १० अर्बको कारोबार भएको छ । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६२.५४ अंकले उचालिएको हो । २.३३ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७३८.०६ अंकमा पुगेको छ । 

Advertisement

बजार उचालिएसँगै आज सबै समूहमा हरियाली छाएको छ । सबैभन्दा बढी जलविद्युत समूह ४.२६ अंकले बढेको हो । 

undefined

आज ३२५ कम्पनीका २ करोड २४ लाख ७४ हजार २ सय ८१ कित्ता शेयर किनबेच हुँदा ९ अर्ब ७७ करोड ११ लाख २४ हजार ७३.५५ रुपियाँ बराबरको कारोबार भयो । 

समग्रमा बजार बढ्दा विभिन्न ९ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । 

undefined

त्यस्तै सानिमा ग्रोथ फण्डका लगानीकर्ताहरुले सबैभन्दा बढी ६.७६ प्रतिशतले घाटा व्यहोरेका छन् । 

आज सानिमा जीआईसी इन्स्योरेन्सको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ३८ करोड ४ लाख ३७ हजार ८ सय ३१.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ । 
 

Advertisement

Advertisement