चाइना साउदर्न एयरको ए ३२० निओ जहाजद्वारा ग्वान्जाओ-काठमाडौं उडान शुरु

Advertisement

काठमाडौं । चाइना साउदर्न एयरलाइन्सको ए ३२० निओ जहाजद्वारा ग्वान्जाओ–काठमाडौं उडान गरेको छ । 

चीन–नेपाल मित्रतालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित आज चाइना साउदर्न एयरलाइन्सले आफ्नो ए ३२० निओ जहाजबाट ग्वान्जाओ र काठमाडौंबीचको उडानको औपचारिक रूपमा सुरुवात गरेको हो । 

Advertisement

यसले चीन र नेपालबीचको हवाई सम्बन्धमा अर्को महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । चाइना साउदर्न एयरलाइन्सले यस उडानको स्तरोन्नतिमार्फत चीन–नेपालबीचको मैत्रीपूर्ण सम्बन्धलाई प्रगाढ बनाउन तथा दुई देशबीचको मानवीय र आर्थिक आदानप्रदानलाई बढावा दिन थप सहज हुने अपेक्षा गरिएको हो । 

यस उडानमा प्रयोग गरिएको ए ३२० निओ जहाजमा पहिलेको ए ३१९ निओ भन्दा बढी सिट क्षमता रहेको कम्पनीले जनाएको छ । यसले यात्रुहरूलाई थप विकल्प प्रदान गर्नुका साथै उडानलाई अझ आरामदायी बनाएको छ । 

ए ३२० निओ जहाजको थप फराकिलो क्याबिन डिजाइन र सुधारिएको सिट व्यवस्थापनले यात्रुहरूलाई अझ फराकिलो र आरामदायी उडान अनुभव प्रदान गर्ने कम्पनीको भनाइ छ । 

 

Advertisement

Advertisement