काठमाडौं । चालू आर्थिक वर्षको पहिलो त्रैमासमा सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडलको नाफा सामान्य बढेको छ ।
समीक्षा अवधिमा कम्पनीले ११ करोड ५३ लाख रुपियाँ खुद नाफा कमाएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा २.५१ प्रतिशतले बढी हो । गत आवमा कम्पनीले ११ करोड २५ लाख रुपैयाँ नाफा कमाएको थियो ।
पहिलो त्रैमाससम्म कम्पनीले २ अर्ब ४५ करोड रुपियाँ खुद बीमाशुल्क आर्जन गरेको छ । गत आवको सोही अवधिमा कम्पनीले २ अर्ब २३ करोड रुपियाँ आर्जन गरेको थियो ।
यस अवधिमा कम्पनीको कुल आम्दानी १३.३७ प्रतिशतले बढेको छ भने कुल खर्च १३.७७ प्रतिशतले वृद्धि भएको छ ।
त्यस्तै, कम्पनीको जीवन बीमा कोष २२.२८ प्रतिशतले बढेर ३६ अर्ब ४ करोड ८९ लाख रुपियाँ पुगेको छ ।
५ अर्ब १ करोड रुपियाँ चुक्ता पूँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा १ अर्ब ३३ करोड रुपियाँ सञ्चिति रहेको छ ।
समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.२० रुपियाँ र प्रतिशेयर नेटवर्थ ४३.५९ रुपियाँ छ।