मन्त्री नै भन्छन्– आईटी दशक घोषणा गरियो, बजेट एक पैसा पनि छैन

Advertisement

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले सूचना प्रविधि दशक घोषणा गरेपछि बजेटमा कार्यान्वयन नभएको बताएका छन् । 

बिहीवार राजधानीमा आयोजित एक कार्यक्रममा उनले आईटी दशक घोषणा गरे पनि एक पैसा बजेट नछुट्याएको स्पष्ट पारे । गुरुङले नेपालमा भन्ने एउटा र गर्ने अर्को परिपाटीले युवाहरू विश्वास नलागेर विदेश पलायन भइरहेको भन्दै त्यो अवस्थाको अन्त्य गर्नुपर्ने स्वीकार गरे । 

Advertisement

उनले कृषिमा प्रविधिको दशक शुरु भएको घोषणा गरेको तर बजेट शून्य रहेको भन्दै सरकारका यस्ता गतिविधिले युवाहरू विदेश पलायन भइरहेको बताए । गुरुङले सरकार नेपाललाई सूचना प्रविधिको हबको रूपमा र सूचना प्रविधिलाई उद्योगको रूपमा विकास गर्न र सूचना प्रविधि उद्योगको विशेष आर्थिक क्षेत्र विकास गर्न चाहेको तर पर्याप्त बजेट भने नभएको बताए । 

मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयन गर्न सरकारले बजेट नै नछुट्याएको स्पष्ट पारे । उनले भने, ‘हाम्रो सरकार पोलिसीमा आईटी दशक शुरु भयो भन्ने बोल्छ तर आईटी क्षेत्रको बजेट शून्य छ । डिजिटल नेपालको पोलिसी कार्यान्वयन गर्ने भनेर सरकारले पोलिसीमा भन्यो । त्यसमा एक पैसा पनि बजेट छैन । किन त्यसो भनेको होला ।’

मन्त्री गुरुङले २०८४ अगाडिका तीन वर्षमा तीन लाख आईटी क्षेत्रबाट रोजगारी सिर्जना गर्ने कुरामा मन्त्रालय लाग्ने घोषणा गरे ।
 

Advertisement

Advertisement