राशिफलः आज (मंसिर ३) तपाइँको पेशा, व्यवसाय, शेयर कारोबार कस्तो रहला ?

Advertisement

ज्यो. गुरु दिवाकर पन्त
आज वि.सं.२०८१ साल मंसिर महिनाको ३ गते सोमबार, मंसिर कृष्णपक्षको तृतीया तिथि ।

मेष
शेयर बजारबाट सोचे जस्तो लाभ नभए पनि घाटा पनि हुने छैन् । पेशागत क्षेत्रमा उच्च कदर प्राप्त हुने छ भने थप जिम्मेबारी प्राप्त हुने छ । ब्यापार व्यवसायको क्षेत्रमा आवद्धहरुलाई पनि फाइदा मिल्ने छ । आर्थिक पक्ष सवल हुने हुँदा यसले आत्मविश्वासमा तिब्रता ल्याउने छ । परिवारका सदस्यहरुमा भने असमझदारी हुने हुँदा तिक्ततापूर्ण वातावरण आउने छ । 

Advertisement

वृष
शेयर बजारबाट फाइदा मिल्ने छ । आर्थिक क्षेत्रमा प्रगति मिल्ने छ र सन्तुलित रहने छ । पेशागत जीवनमा उन्नति प्रगतिको क्षण आउने छ । ठुला व्यक्तिहरुको विश्वासका कारण सामाजिक जीवनमा पनि मान सम्मान मिल्ने छ । खर्च भने केही बढ्न जाने छ । विशेषगरी सामाजिक सहभागिताको क्षेत्रमा खर्च बढ्ने छ । 

मिथुन 
शेयर क्षेत्रको संलग्नता औसत प्रकृतिको रहने छ । भित्रि मनबाट राम्रो गर्न खोज्दाखोज्दै पनि अरु सदस्यहरुले यसको मर्म बुझ्ने छैनन् । समयमा निर्णय लिन नसक्दा बन्न बन्न खोजेका काममा पनि अवरोध आउने छ । पेशागत जीवनमा कठिनाईका साथ संघर्ष गर्नुपर्ने छ । स्वास्थ्यमा समस्या आउने छ ।

कर्कट
शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ, सोच विचार साथ कदम चाल्नु होला । व्यवस्थापकीय क्षमतामा थोरै बृद्धि हुने छ । पेशागत जीवन औसतमा शुभ नै रहने छ । नयाँ व्यवसायमा अघि सारिएका क्षेत्रबाट फाइदा मिल्ने छ । आम्दानीमा पनि बृद्धि हुने छ । गलत संगतका कारण सामाजिक छविमा धुमिलपना आउने भएकाले सावधान रहनु होला । दाम्पत्य जीवनमा कटुता आउने छ ।

सिंह
शेयर बजार औसत खालको रहने छ । मनोबल उच्च भएको शूरो व्यक्तित्व हुने छ । तर तत्काल निर्णय लिँदा हतार हुने र त्यसको नतिजा नकारात्मकतर्फ जाने जोखिम भएकाले विचार गर्नु होला । पेशागत जीवनमा आफु भन्दा माथिका अधिकारीहरुसँग विवादको अवस्था आउने छ । आर्थिक पक्ष औसत रहने छ । बोली कडा हुने हुँदा ध्यान दिनु होला ।

कन्या
शेयर बजारमा नोक्सानी व्योहर्नु पर्ने छ । मनोबल कमजोर भएको व्यक्तित्व हुने छ भने सारै स–साना विषयले पनि मनमा चिन्ताको अवस्थामा सृजना ल्याई दिने छ । परिवारमा आर्थिक विषयले तनावपूर्ण विषय बन्ने छ । जसले गर्दा शान्तिपूर्ण वातावरण बन्न सक्ने छैन् । पेशागत जीवनमा आरोपको अवस्था खेप्नु पर्ने छ । स्वास्थ्यमा समस्या आउने छ । दाम्पत्य जीवनमा मतभेदहरु देखिने छ ।

तुला
शेयर बजारबाट फाइदा प्राप्त हुने छ । रमाईलो खालको व्यक्तित्व हुने हुँदा सबैसँग मिल्ने व्यक्तित्व बन्ने छ । पेशागत जीवनबाट आम्दानीमा बृद्धि हुने छ । घर घडेरी र वाहन सुख मिल्ने छ । मनोरञ्जनात्मक कार्यमा परिवारसहित सहभागि हुने समय छ । साथिभाइको विश्वास आर्जन हुने छ । बोली प्रभावकारी रहने छ । 

वृश्चिक
शेयर बजारमा गुमाउनु पर्ने छ । पेशागत जीवनमा निराशा आउने छ । समयमा पदोन्नति नहुँदा उत्साहको कमि आउने छ । तर सृजनशिल स्वाभाव हुने हुँदा यसको बलमा मानिसको ध्यानाकर्षण कायम रहीरहने छ । सामाजिक क्षेत्रबाट पुरस्कार तथा कदरहरु प्राप्त हुने छ । परिवारमा मिलन तथा शान्तिपूर्ण वातावरण रहने छ । चिसोजन्य स्वास्थ्य समस्याले भने सताउने छ । 

धनु 
शेयर बजारमा उत्साहजनक अवस्था रहने छैन् । आरोप प्रत्यारोपको अवस्था आउने छ । पेशागत जीवनमा सन्तुलन बिग्रन जाने छ भने प्रतिष्पर्धीले पेल्ने छन् । आर्थिक अवस्था भने धेरै बिग्रने छैन् । परिवारमा तनावपूर्ण वातावरण हुने हुँदा यसले मानसिक दबाब पार्ने छ । निन्द्रमा समस्या आउने छ । व्यवसायमा त्यत्ति मन जाने छैन् । 

मकर 
शेयर बजारबाट आंशिक लाभ मिल्ने छ । भित्रि मनले आँटेका काममा सफलता मिल्ने छ । पेशागत जीवनमा शुभ खवर प्राप्त हुने छ । आर्थिक अवस्थामा बृद्धि हुने छ । भोगविलासका विषयहरु तर्फ मन खिचिने छ । खराव संगत त्याग्नेतर्फ विचार र प्रतिबद्धता गर्नु ठीक रहने छ । अध्ययन अध्यापनतर्फ रुचि जाने छैन् ।

कुम्भ 
शेयर बजारबाट लाभ हुने छ । पेशागत जीवनमा माथिल्ला अधिकारीको आशीर्वादले गर्दा उन्न्ति मिल्ने छ । कठिनाईको अवस्थामा आफन्तहरुको साथ हुने छ । यात्रा हुने छ । चिसोजन्य समस्या हुने चुनौति रहने भएकाले सावधान रहनु होला । सामाजिक जीवनको छवीमा भने गिरावट आउने हुँदा सावधान रहेर व्यावहार गर्ने प्रयास गर्नु होला । 

मीन
शेयर बजारबाट आंशिक फाइदा हुने छ । स्वास्थ्यमा समस्या आउने छ भने यसले मनमा अस्थिरताको भाव बनाई दिने छ । उत्साह उमङ्गको कमि हुने हुँदा यसले पेशागत जीवनमा पनि छवि कमजोर बन्न पुग्ने छ । बोलीको प्रभावकारीतामा आउने गिरावटले बन्न खोेजेका कामलाई नकारात्मक प्रभाव ल्याइ दिने छ । आर्थिक असन्तुलन रहने छ । भविष्य प्रतिको चिन्ताले समग्र व्यक्तित्वमा कमि ल्याउने छ । 

(गुरु पन्तः ज्योतिषी, पण्डित, आध्यात्मिक उत्प्रेरक, वास्तुविद्, रत्नविद् एवं हस्तरेखाविद् हुन् सम्पर्क– ९७६८४४२०३४)

Advertisement

Advertisement