काठमाडौँ ।बंगलादेशमा जारी १९ वर्षमुनीको वल्र्ड कप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध नेपालले २३९ रनको चुनौती पेश गरेको छ। अहिले भर्खर सकिएको पहिले इनिंगको ५० ओभरको खेलमा नेपालले ७ विकेट गुमाएर २३८ रनको योगफल तयार गर्यो । सो योगफल तयार गर्न राजु रिजाल आफ्नो पहिलो खेलमै हाल्फ़ सेन्चुरी बनाउन २ ले बाँकि छदा पविलियन फर्किए ।
त्यसैगरी ब्याटिंगको अन्तिमक्रम गएका कौशल भुर्तेलले नट आउट रहँदै २३ बल खर्चेर ३५ रन जोडेका थिए। उनले अन्तिम ओवरमा १० रन जोडेका थिए।
न्यूजिल्याण्डले टस जितेर फिल्डिङ रोजेपछि नेपालले पहिले व्याटिङको निम्तो पाएको थियो । बंगलादेशस्थित चितागङ्गमा बिश्व कप क्रिकेट भइरहेको छ ।
यस्तै नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आफ्नो समूहको अन्तिम खेलमा सोमवार खेल्नेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक राष्ट्र बंगलादेश र इङ्ल्याण्ड विजयी भएका थिए।