काठमाडौं । बंगलादेशमा जारी १९ वर्षमुनीको वल्र्ड कप क्रिकेटमा न्यूजिल्याण्डविरुद्ध नेपालले सफलता हासिल गरेको छ । अहिले भर्खर सकिएको सम्पन्न खेलमा नेपालले न्यूजिल्याण्डलाई ३२ रनले हराउँदै जितको सफल सुरुवात गरेको हो ।
न्यूजिल्याण्ड ४७.१ ओभरमा अलआउट हुँदै २०६ रन मात्रै जोडन सक्यो । नेपालले २३९ रनको चुनौति दिएको थियो । नेपालका दिपेन्द्रसिंह अैरीले तीन विकेट झार्न सफल भएका थिए । उनले अन्तिममा न्यूजिल्याण्डका ड्याले फिलिप्सलाई आउट गरेपछि नेपालको जित सुनिश्चित भएको थियो । फिलिप्सले ४१ रनको योगदान दिएका थिए ।
आजको खेलमा कप्तान राजु रिजालले सर्वाधिक ४८ रन लिएका थिए । उनले ६५ बलमा छ चौका प्रहर गरेका थिए । कप्तान रिजाललाई आरिफ सेखको साथमा ६० बलमा ३९ रन बनाएका थिए । नेपालका प्रारम्भिक जोडी संदिप सुनुवार र सुनिल धमलाले ३९ रनको साझेदारी गरेका थिए ।
बंगलादेशस्थित चितागङ्गमा बिश्व कप क्रिकेट भएको थियो । नेपालले बलियो प्रतिद्वन्द्वी भारतसँग आफ्नो समूहको अन्तिम खेल सोमवार खेल्नेछ। यसअघि हिजो भएको उद्घाटन खेलमा आयोजक राष्ट्र बंगलादेश र इङ्ल्याण्ड विजयी भएका थिए।