काठमाडौंः जेल सजाय काटिरहेका कुख्यात अपराधी चार्ल्स शोभराजको सोमबार गंगालाल राष्ट्रिय हृदय केन्द्रमा ओपन हर्ट सर्जरी सम्पन्न भएको छ । डा. रामेश कोइराला नेतृत्वको स्वास्थ्यकर्मीको टोलीले उनको सफल शल्यक्रिया गरेको हो ।
शोभराजको मुटुको बायाँ तर्फको एउटा भल्भ फेर्नुको साथै दाहिने तर्फको भल्भको मर्मत समेत गरिएको छ । ७२ बर्षीय उनको स्वास्थ्य स्थिति अहिले स्थिर रहेको केन्द्रले जनाएको छ ।
डा. कोइरालका अनुसार शोभराजको भल्भ बिग्रेर मुटु फेल हुने अवस्था आएकाले भल्भ फेर्नुपरेको हो । जसले गर्दा मृगौलामा समेत असर पुग्न थालेकाले ओपेन हर्ट सर्जरी गरी भल्भ फेर्नुको साथै मर्मत समेत गरिएको उनको भनाई छ । उनको मुटूको भल्भबाट रगतसमेत चुहिने समस्या देखिएपछि शल्यक्रिया गरिएको हो ।