मोहन बमलाई जुडोमा स्वर्णपदक, पुरुष ६० केजीमा कास्य

Advertisement

गोल्डकोस्टः अस्ट्रेलियामा बस्दै आएका जुडो खेलाडी मोहन बमले गोल्डकोस्टमा भएको ४२औं अस्ट्रेलिया राष्ट्रिय जुडो प्रतियोगितामा स्वर्णपदक हात पारेका छन् ।

सोमबार सम्पन्न तीनदिने प्रतियोगिताको पुरुष नागे नो कातामा मोहनले स्वर्णपदक हात पारेका हुन । उनले अस्ट्रेलियाकै एडमन्ड युनसँग मिलेर स्वर्ण जितेका हुन् । पाँच जोडी सहभागी उक्त स्पर्धामा उनीहरुले सर्वाधिक ८१ प्रतिशत अङ्क ल्याएका थिए । मोहन र एडमन्डको जोडीले सो स्पर्धामा स्वर्ण जितेको यो लगातार चौथो पटक हो ।

अस्ट्रेलिया जुडो महासङ्घद्वारा आयोजित उक्त प्रतियोगिताको पुरुष ६० केजीमा पनि मोहन कास्यपदक जित्न सफल भए । उनले पश्चिम अस्ट्रेलियाका ज्याकब रिडलाई पराजित गर्दै स्वर्णपदक हात पारेका हुन् । अस्ट्रेलियामै बस्दै आएका अर्का जुडो खेलाडी खेम थापाले पनि पुरुष ६० केजीमा कास्यपदक जित्न सफल भएको बताइएको छ । सो स्पर्धामा १५ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Advertisement

Advertisement

Advertisement