व्यवसायी राजकुमार श्रेष्ठको अपहरणमा संलग्न पुजासहित तीन पक्राउ

Advertisement

काठमाडौंः व्यवसायी राजकुमार श्रेष्ठको अपहरण र हत्यामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । तुलसीपुर-५, बसपार्कका ५३ वर्षीय व्यवसायी श्रेष्ठको अपहरणका मुख्य योजनाकार मानिएका झिम्पे ४, सल्यानका ३५ वर्षीय मानबहादुर भण्डारी, शान्तिनगर २ घर भई हाल तुलसीपुर ६ बस्ने ४० वर्षीय निर्मल भनिने टीकाराम घर्ती र उनकी १७ वर्षीया छोरी पूजा घर्तीलाई पक्राउ गरिएको हो ।

व्यवसायी श्रेष्ठलाई पुजाले भेटन बोलाएकी थिइन भने अन्यले अपहरण गरी फिरौती माग गरेका थिए । काठमाडौं जिल्ला प्रहरी प्रमुख एसपी धीरजप्रताप सिंहका अनुसार उनीहरुलाई विशेष प्रहरी टोलीले नेपाल भारत सीमा क्षेत्रबाट पक्राउ गरेको हो ।

प्रहरीले फरार अभियुक्तबारे सूचना दिनेको नाम गोप्य राखी एक लाख रुपियाँ पुरस्कार दिने घोषणा समेत गरेको थियो । जेठ २६ गते राति अपहरित श्रेष्ठ सल्यानको छत्रेश्वरी गाउँपालिका ४ झिम्पे लेक भञ्ज्याङ जंगलमा २१ दिनपछि मृत फेला परेका थिए ।

यसअघि अपहरण र हत्यामा संलग्न रहेको अभियोगमा प्रहरीले चार जनालाई पक्राउ गरिसकेको छ। पक्राउ पर्नेमा जंकोट १ रोल्पा घर भई घोराही ४ बस्ने ४० वर्षीय रमेश भनिने मनबहादुर पुन, दाङको पवननगर १ घर भई हाल तुलसीपुर ६ बस्ने २३ वर्षीय रुगत थापा मगर, तुलसीपुर १२ का २५ वर्षीय कमल भनिने अविरल महतरा र घोराही १४ नयाँ बजारकी ३८ वर्षीया जमा पुन रहेका छन् ।

घटनाबारे अनुसन्धान गर्न प्रहरीले वरिष्ठ प्रहरी उपरीक्षक शाहको संयोजकत्वमा एसपी वीरेन्द्र बस्याल, डिएसपी भुवनेश्वर तिवारी र प्रहरी निरीक्षक नरेन्द्र सलामी सदस्य रहेको समिति गठन गरेको थियो ।

 

Advertisement

Advertisement

Advertisement