काठमाडौंः सामाजिक सञ्जाल फेसबुकमा अश्लिल फोटोर शब्दहरु पोष्ट गर्नेहरु प्रहरीको फन्दामा परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पक्राउ पर्नेमा दिनेश न्यौपाने र रिना थापा छन् ।
उनीहरुले आपसी मिलेमतोमा फेक एकाउन्ट खोली बसुन्धारामा बस्दै आएकी २० बर्षीय युवती र उनका साथी तथा आफन्तलाई विगत एक बर्षदेखि ती युवतीको बारेमा फेसबुकमा निरन्तर अश्लिल म्यासेज तथा फोटो पठाएर मानसिक तनाव दिँदै आएका थिए ।
बर्ष ३२ का न्यौपाने मोरङ उर्लाबारी घर भई हाल मैतीदेखिमा बस्दै आएका थिए भने ३१ बर्षीय थापा मगर सीतापाइल रामकोटकी हुन । दुवैलाई प्रहरीले मंगलबार पक्राउ गरी विद्युतीय कारोबार ऐन (साइबर क्राइम)अन्तर्गत मुद्दा दर्ता गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।