नेयमार प्रभावित पिएसजीको लगातार तेस्रो जित

Advertisement

काठमाडाौंः ब्राजिलियन फरवार्ड नेयमारले पिएसजीको आफ्नो दोस्रो खेलमा पनि उत्कृष्ट प्रर्दशन जारि राखेका छन् । पेरिस सेन्ट जर्मेन(पिएसजी) का लागि घरेलु मैदानमा डेब्यु गरेका नेयमार चम्किएपछि क्लबले लगातार तेस्रो जित दर्ता गर्‍यो ।
नेयमार प्रभावित पिएसजीले आइतबारको खेलमा टुलुजलाई ६-२ ले पराजित गरेको हो ।

म्याक्स ग्रेडलको गोलसँगै टुलुजले खेलमा सुरुवाति अग्रता लियपनि नेयमारको उत्कृष्ट प्रर्दशन सगैं सहज पुनरागमन गर्‍यो । नेयमारले बराबरी गोल गर्नुका साथै एड्रिएन राबिओले गरेको गोलका लागि पास उपलब्ध गराएका थिए ।

दोस्रो हाफमा मार्को भेर्राट्टी रातो कार्ड पाएर मैदान बाहिर गएपनि पिएसजीले खेलमा दबदबा दबदबा कायमै राखिरह्यो । एडिन्सन कभानीको पेनाल्टि गोलसगैं हाभिएर पास्तोरे गोल्ले स्कोरलाई ४ -१ बनाए। त्यसअघी क्रिस्टियन जुलिएनले टुलुजका लागि गोल गरेर खेलमा फर्कने आशा जगाएका थिए । टुलुजले खेलमा फर्कने उत्कृष्ट अबसर खेर फालेको थियो ।

टोलीको पाँचौ गोलका लागि नेयमारले लेभिन कुर्जावालाई असिस्ट दिए । छैटौं गोलका लागि उनले बक्सभित्र रहेका ४ डिफेन्डरलाई बिट गर्दै गरेको प्रहारमा गोलरक्षकले बल रोक्ने कुनै अबसर पाएनन् ।

जितसँगै पिएसजीले लिगको शीर्षस्थानमा आफ्नो पकड कायम राख्यो ।

 

Advertisement

Advertisement

Advertisement