एजेन्सीः स्पेनिस क्लब बार्सिलोनाले बोरुसिया डर्टमन्डका युवा फरवार्ड ओस्मान डेम्बेलेलाई भित्र्याएको छ । बार्सिलोनाले फ्रान्सेली २० बर्षीय डेम्बेलेलाई १ सय ५ मिलियन युरो खर्चेर विश्वकै संयुक्त दोस्रो ठूलो ट्रान्सफरमा टोलिमा भित्र्याएको हो । बार्सिलोनाले नेयमारलाई विश्वकै महँगो रकममा पिएसजीलाई बेचेको थियो ।
डेम्बेलेले बार्सिलोनामा ११ नम्बरको जर्सी लगाउने छन् । क्लबले डेम्बेलेसँग ५ वर्षका लागि सम्झौता गरेको हो । बार्सिलोनाको पहिलो प्रस्ताव अस्वीकार गरेको डर्टमन्डले दोस्रोमा भने स्वीकार गरेको छ ।
बार्सिलोनाको पहिलो प्रस्ताब अस्वीकार गरेको भन्दै डेम्बेले क्लबको प्रशिक्षणमा सहभागी थिएनन् । साथै क्लबले पनि उनलाई दुई सातायता निलम्बनमा राखेको थियो । गत वर्ष फान्सेली क्लब रेन्नेसबाट भित्रिएका उनले डर्टमन्डको लागि १० गोलका साथै २१ एसिस्ट गरेका थिए । डेम्बेलेले फ्रान्सको राष्ट्रिय टोलीबाट ७ खेल खेलिसकेका छन् ।