साफ यू–१५ च्याम्पियनसीपको उपाधिका लागि आज नेपाल भारत भिड्दै

Advertisement

काठमाडौंः नेपालमा जारी साफ यू–१५ च्याम्पियनसीप फुटबलको फाइनलमा आइतबार नेपाल भारत भिड्दै छन् । समूह चरणमा भारतसँग हारेको नेपाललाई बदला लिने मौका समेत आज मिलेको छ । समूह चरणको खेलमा भारतले नेपाललाई २-१ ले पराजित गरेको थियो ।

समूह चरणको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ६–० को सहज जित दर्ता गरेको नेपाल दोस्रो खेलमा भने भारतसँग पराजित भएको थियो । समूह उपविजेताको रूपमा सेमिफाइनल पुगेको नेपालले बंगलादेशलाई ४–२ ले पराजित गर्दै फाइनलमा पुग्न सफल भएको थियो ।

नेपाली टोलीले समूह चरणमा हार्दा गरेको गल्ती सुधार्ने लक्ष्य राखेका छ । ‘समूह चरणमा आक्रामक रणनीति असफल भए पनि सेमिफाइनल नतिजाले टोलीको मनोबल बढ्नुको साथै नेपाललाई घरेलु सर्मथक्को पनि साथ मिल्ने छ ।

समूह चरणमा माल्दिभ्सविरुद्ध ९–० को फराकिलो जित पाएको भारत नेपाललाई २-१ ले हराउदै समूह विजेता बनेको थियो । यसअघिका सबै खेल जितेको भारतले सेमिफाइनलमा भुटानलाई ३–० ले हराएर उपाधि भिडन्त पक्का गरेको हो ।

 

Advertisement

Advertisement

Advertisement