नेपालले बंगलादेश विरुद्ध उत्कृष्ट खेल प्रर्दशन गर्ने

Advertisement

काठमाडौंः नेपाल र बंगलादेश बिच लगनखेलस्थित आर्मीको कभर्डहलमा आज मैत्रीपुर्ण भलिबल खेल हुदैछ । नेदरल्यान्ड्का प्रशिक्षक म्याट भान विजलसँग तीन साताको प्रशिक्षण गरेको नेपाली टोली बंगलादेशी राष्ट्रिय टोलीसँग दुई मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

दुवै मैत्रीपूर्ण खेल भएकाले नेपालले यसबाट आफ्नो स्तर उकास्ने लक्ष्य राखेको छ । दुवै टोली एकै स्तरका भएकाले पनि घरेलु टोलिलाई राम्रो गर्ने अवसर मिल्ने छ । यसअघि भने नेपाल बंगलादेशसँग सोझो सेटले पराजित भएको थियो । पछिल्लो समय बंगलादेशले भलिबल विकासमा निकै ध्यान दिदै आएको छ ।

जगदीश भट्टले नेपालको प्रशिक्षण सम्हालेका छन् । भने बंगलादेशको टोलीलाई ८ महिनायता इरानका प्रशिक्षक अली पौर अरोजीले हेरिरहेका छन् । उनी टोलीसँग दुई वर्षका लागि अनुबन्धन भएको बताइएको छ ।

यसअघि दोस्रो एभिसी सेन्ट्रल जोन भलिबलमा सोझो सेटमा पराजित नेपालले त्यसअघिका दुई खेलमा भने बंगलादेशलाई पराजित गरेको थियो ।नेपालले आइतबार डेनमार्कको ए डिभिजन क्लब भिलवोभालाई हराएको थियो ।

मैत्रीपूर्ण खेलका लागि १८ सदस्यीय बंगलादेशी टोली आइतबारै नेपाल आइसकेको छ । नेपालले पनि सोमबार १४ सदस्यीय टोली घोषणा गरेको थियो । मंगलबार र बुधबार हुने मैत्रीपूर्ण खेल लगनखेलस्थित आर्मीको कभर्डहलमा हुनेछ ।

Advertisement

Advertisement

Advertisement