अदालतको अवहेलना मुद्दामा सर्वोच्चले दाहाललाई कठधरामा उभ्याउने भयो

Advertisement

काठमाडौं । सर्वोच्च अदालतले अदालतको अवहेलना सम्बन्धी एक मुद्दामा प्रधानमन्त्री भइसकेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई तीन दिनभित्र अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

वृहत शान्ति सम्झौताविपरित द्वन्द्वकालीन मुद्दामा माओवादीका नेताहरुलाई अदालतले फँसाउन खोजेको भनि दिएको अभिव्यक्तिले अदालतको अवलेहना भएको भन्दै कानुन व्यवसायी दिनेश त्रिपाठीले दाहालविरुद्ध मुद्दा दायर गरेका थिए । 

Advertisement

त्रिपाठीले उनीविरुद्ध जेठ ३ गते मुद्दा दायर गरेका थिए । सर्वोच्चकी कामु प्रधानन्याधीश सुशीला कार्कीको इजलासले दाहाललाई अदालतमा उपस्थित हुन दाहाललाई आदेश दिएको हो । अदालतको अवहेलना मुद्दामा एक वर्ष जेल र ५० हजार रुपियाँ जरीवाना वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

Advertisement

Advertisement