यातायात व्यवस्था कार्यालय एकान्तकुनामा तोडफोड

Advertisement

काठमाडौं । ट्राफिक प्रहरीले ज्यादती गरेको भन्दै यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेको अघिल्लो दिन गए राती एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमतीको कार्यालयमा गत राति तोडफोड भएको छ । 

तोडफोडले भवन नं १ को सबै सिसा फुटी डेढ लाखको क्षति पुगेको कार्यालय प्रमुख उमेश बस्नेतले बताए। “तोडफोडले झ्यालका सिसा फुटेका छन्, मङ्गलबार दिउँसो सेवाग्राहीको फाइल बोकेर राजस्व बाहेक अतिरिक्त पैसा लिई काम गर्नेलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएपछि कार्यालयमा तोडफोड भएको छ”–उनले भने ।  

Advertisement

परिसरले लेखापढी व्यवसायीका नाममा दलाली गरी सेवाग्राहीसँग पैसा असुल्ने २६ जनाको समूहलाई पक्राउ गरेको थियो । छानबिनपछि १३ जना निर्दोष पाइएकाले छाडिएको र १३ जनालाई प्रमाणसहित सार्वजनिक मुद्दाको प्रक्रिया अघि बढाइएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए । कार्यालयमा तोडफोड गर्नेको खोजी भइरहेको महानगरीय प्रहरी बिट सातदोबाटोका प्रहरी निरीक्षक श्यामकुमार विष्टले बताए । 

Advertisement

Advertisement