प्रहरीलाई ठूलो सफलताः लागू औषधको अन्तर्राष्ट्रिय गिरोह पक्राउ

Advertisement

काठमाडौं । नेपाल हुँदै विभिन्न मुलुकमा लागू औषध कोकिन कारोबार गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाललाई ट्रान्जिट बनाएर युरोपसम्म कोकिन तस्करी गर्ने योजना बनाइरहेको गिरोहलाई दुई किलो छसय ग्राम कोकिनसहित प्रहरीले पक्राउ गरेको हो । 

उक्त कोकिनको बजार मूल्य पाँच करोड ३६ लाख ६० हजार रुपियाँ रहेको लागू औषध नियन्त्रण ब्यूरोका प्रमुख जयबहादुर चन्दले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । पक्राउ पर्नेमा नाइजेरिया, भेनेजुयला, भारतीय र नेपाली नागरिक छन् । उनीहरुसँग प्रहरीले १३ लाख रुपियाँ भन्दा बढी नगद पनि बरामद गरेको छ । 

Advertisement

यमरिसलाई यही जेठ ९ गते ठमेलबाट, मोहम्मदलाई बुधबार सोह्रखुट्टेबाट तथा खान र गुरुङलाई काठमाडौं क्षेत्रपाटीबाट मङ्गलबार पक्राउ गरिएको ब्युरोले जानकारी गराएको छ । पक्राउ परेकामध्ये यमरिस वैशाख २५ गते दुबइ हुँदै काठमाडौँ आएर ठमेलको गेष्ट हाउसमा बसेकी थिइन् । 

उनले जेठ १ गते माछा मार्न प्रयोग हुने डोरीको बन्डलभित्र लुकाएर ल्याएको कोकिन नाइजेरियन नागरिक मोहम्मद र दिलबहादुरलाई दिएकी थिइन् । उनलाई एक हजार पाँचसय अमेरिकी डलर दिने सर्तमा भेनेजुयलाकी क्याथरिनले सो कोकिन बोकाएर नेपाल पठाएको खुल्न आएको छ ।
   
दिलबहादुर लामो समयदेखि लागुऔषध चरेस विभिन्न वस्तुहरूमा लुकाइछिपाइ हङकङ, थाइल्यान्ड, भारतलगायतका देशहरूमा ओसारपसार गर्ने मुख्य व्यक्ति भएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement