कोकिन कारोबारको अन्तर्राष्ट्रिय गिरोहमा चिनियाँ पनि संलग्न, एक चिनियाँ पक्राउ

Advertisement

काठमाडौं । नेपाललाई ट्रान्जिट बनाउँदै लागू औषध कोकिनको कारोबार गर्दै आएको अन्तर्राष्ट्रिय आपराधिक समूहका थप सदस्यलाई थप कोनिसहित प्रहरीले फेरि पक्राउ गरेको छ । 

नेपाललाई ट्रन्जिट बनाई चीनदेखि युरोपसम्म कोकिन कारोबार गर्दै आएको गिरोहका सदस्यहरु एक पछि अर्को पक्राउ पर्दै आएको सन्दर्भमा शनिबार साँझ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक चिनियाँ युवकलाई पक्राउ गरेको हो । 

Advertisement

सुटकेशमा फल्स बटम बनाई मलेसिया हुँदै हङकङ लान लागिएको तीन किलो १७ ग्राक कोकिन सहित २१ बर्षीय युवक चुन मान हो पक्राउ परेको हो । पटक पटक हङकङमा लागूऔषध ओसार पोसार गरेका र प्रत्येक पल्ट उनले ४० हजारदेखि ६० हजार हङकङ डलर पाउने गरेका बताएका छन् । निजले विभिन्न मुलुकबाट ल्याउने गरेको कोकिन हङकङको युनाm भन्ने स्थानमा बस्ने साम भन्नेलाई दिने गरेका खुल्न आएको प्रहरीले जनाएको छ । 

पछिल्लो समयमा पक्राउ परेका आगूऔषध कारोबारीहरुको गिरोहको अनुसनधान गर्दा बोलिभिया, हङकङ, चीन तथा दुबईका दक्षिण अफ्रिकी मुलका कोकिन कारोबारीहरु सक्रिय रहेको पाइएको भन्दै पछिल्लो पटक बरामद गरिएको कोकिनको मूल्यको अन्तर्राष्ट्रिय भाउ छ करोड ३५ लाख ५० हजार रुपियाँ हुने आउने प्रहरीले जनाएको छ ।

Advertisement

Advertisement