काठमाडौँं: त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले ४६ हजार अमेरिकी डलरसहित एक चिनियाँलाई पक्राउ गरेको छ ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा बिहीबार हाते सामान जाँच गर्ने क्रममा ड्रुक एयरद्वारा भुटान जान लागेकी राहदानी नं जी ३८७७६०८५ वाहक ४१ वर्षीया यानकुन दुवानलाई अमेरिकी डलर ४६ हजार ४८० र चिनियाँ मुद्रा एक हजार ६०० येनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।