अन्तर्राष्ट्रिय तेक्वान्दो खेलहरुमा रेफ्रीको भूमिका खेलिसकेका चेतनको यस्तो धन्दा

Advertisement

काठमाडौं । नेपाल इन्टरनेशनल तेक्वान्दो महासंघका उपाध्यक्ष चेतनराज गिरीले महासंघको नक्कली कागजाज बनाई मानिसहरुसँग मोटो रकम लिएर विदेश पठाउने गरेको खुलासा भएको छ । 

रग्वी संघका महासचिवसमेत रहेका उनलाई प्रहरीले बिहीबार त्रिपुरेश्वरबाट पक्राउ गरेको हो । म्यादीका ५३ टेकप्रसाद लामगाडे र दीपक सुनारलाई अन्तर्राष्ट्रिय तेक्वाण्दो महासंघ (आइटीएफ)को नक्कली कार्ड बनाई कोरिया बनाई दिने भनी एक लाख र दुई लाख ६० हजार रुपियाँ लिएको उजुरी प्राप्त भएको प्रहरीको भनाई छ ।

Advertisement

न्युजिल्याण्ड, बेलायत, चीन र क्यानडामा भएका तेक्वाण्दो विश्वकपमा रेफ्रीको रुपमा भूमिका खेलिसकेका चेतनले झापाका राजेन्द्र दवाडीलाई सात लाख ५० हजार रुपियाँ लिएर आइटीएफको नक्कली कार्ड बनाई बेलायत पठाएकोमा त्यहाँको विमानस्थलले कार्ड नक्कली भएको थापा पाएपछि दवाडीलाई विमानस्थलबाटै फिर्ता गरिदिएको, अन्य अन्तर्राष्ट्रिय खेलहरुमा पनि त्यसरी पैसा लिएर मानिसहरु पठाउने गरेको प्रहरीको भनाई छ । 

Advertisement

Advertisement