दश हजारको लोभमा आफ्नै साथीको हत्यामा संलग्न अभियुक्त पक्राउ

Advertisement

काठमाडौँ । प्रहरीले शुक्रबार आफ्नै साथीलाई पैसाको लोभमा हत्या गरी फरार रहेका  बलराम ज्योति भन्नेलाई विहिबार पक्राउ गरेको छ ।

सिन्धुपाल्चोक स्थाई घर भएका अभियुक्त तीनचुली बस्दै आएका ज्योतिलाई प्रहरीले घटनाको एक वर्षपछि पक्राउ गरेको हो।                          

Advertisement

घटना विवरण
मिति २०७२/०१/२० गते दिउँसो अं.१४:००बजेको समयमा का.जि.का.म.पा.-६ तिनचुलीस्थितमा रहेको मंगल लाल श्रेष्ठको खेतमा जि.सिन्धुपाल्चोक दुवाचौर-८ स्थायी घर भई हाल का.जि.का.म.पा-६ तिनचुली बस्ने वर्ष-२० को लाक्पा तामाङको मृत लाश फेला परेको ।

बलराम ज्योति संलग्न अन्य घटनाहरु :
१, मिति २०७०/०३/३० गते दक्षिणढोकामा भएको चोरीमा पक्राउ परि २०७०/०४/१९ गते छुटेको ।
२, मिति २०७१/०१/१२ गते जिल्ला सिन्धुपाल्चोक क्युल भन्ने ठाउँमा भएको डाँका घटनामा समेत संलग्न रही फरार रहेको ।
       
अनुसन्धानबाट खुल्न आएका कुराहरु
१ . बलराम ज्योति विगत ६/७ वर्ष अगाडिदेखी काठमाण्डौंमा आई तिनचुलीमा कोठा लिई बस्दै आएको  ।
२. मृतक लाक्पा तामाङ र निज बलराम ज्योति बच्चादेखीको साथी भएका कारण हाल दुवैजना तिनचुलीमा नै एउटै कोठामा बस्दै आएका ।
३. बलराम ज्योति र निजका साथीहरु समेत मिलेर विगतमा रातको समयमा बिभिन्न स्थानहरुमा चोरी समेत गर्ने गरेको  ।
४. पछिल्लो समय लाक्पा तामाङ कामको शिलसिलामा भारत जान भनि घटना भएको दिन मिति २०७३/०१/१९ गते गाउँबाट काठमाण्डौं आएको ।
५. सोही दिन बेलुका अं.१८:३० बजेको समयमा मृतक लाक्पा तामाङ,जित बहादुर तामाङ र बलराम जोरपाटीमा भेट भई नजिकै रहेको लक्ष्मी होटलमा रक्सी र चाउचाउ खाएको ।
६. अत्याधिक रक्सी सेवन गरिसके पछी अं.२१:०० बजेतिर तिनै जना तिनचुली आरुवारीमा रहेको कोठामा गएको, कोठामा पुगे पछी जित बहादुर तामाङ सुतेको तर मृतक र अभियुक्त बलराम ज्योति चोरी गर्ने उद्देश्यले बाहिर निस्केको ।
७. चोरी गर्ने उपयुक्त वातावरण नमिले पछी निजहरु तिनचुली आरुवारीमा रहेको छहारी क्लवतिर गएको र एकजना अपरिचित मानिस रक्सी खाएर सुतिरहेको देखि उक्त ब्यक्तिलाई लुट्ने उद्देश्यले निजको गोजी छामी निजको साथमा रहेको रु.१०,०००/- (दश हजार) लुटी लगेको ।
८. पैसा लुटी सकेपछी उक्त १०,०००/- रुपैया एक्लै प्राप्त गर्ने उद्देश्यले बलराम ज्योतिले का.जि.का.म.पा-६ तिनचुली आरुवारीमा बन्दै गरेको घरबाट रडको टुक्रा आफुसँगै लिएर गएको ।
८. सोही बन्दै गरेको घर नजिकै रहेको मंगलमान श्रेष्ठको खेतमा पुगेपछी लाक्पा तामाङलाई आफ्नो साथमा रहेको फलामको रडले टाउकोमा प्रहार गरी हत्या गरी फरार रहेको ।
९. घटना पश्चात् निज फरार रहेको र उपत्यका बाहिरका विभिन्न स्थानहरुमा लुकीछिपी बस्ने गरेको ।
१०. अनुसन्धान पश्चात् निज अभियुक्त बलराम ज्योतिलाई काठमाण्डौं आएको अवस्थामा का.जि.दक्षिणढोकाबाट मिति २०७३/०२/२७ गते अपराध महाशाखाको प्रहरी टोलीले पक्राउ गरि थप कानुनी कारवाहीको लागी मिति २०७३/०२/२८ गते महानगरीय प्रहरी वृत्त बौद्द पठाईएको ।

 

Advertisement

Advertisement