बोल्न नसक्ने महिलामाथि भएको बलात्कार घटनामा संलग्न प्रहरीलाई कारवाही गरः आयोग

Advertisement

काठमाडौं । कपिलवस्तुको शिवराजस्थित नौडिहवाकी बोल्न नसक्ने एक महिलामाथि भएको सामूहिक बलात्कार घटनामा संलग्न सशस्त्र प्रहरीलाई तत्काल कारवाही गर्न र पीडितको निःशुल्क औषधि उपचार गर्न राष्ट्रिय मानवअधिकार आयोगले सरकारसँग माग गरेको छ । 

बहिरा महिलाहरुमाथि निरन्तर भइरहेका बलात्कार एवं दुव्र्यवहारका घटनामा आवश्यक कारबाहीको माग गर्दै राष्ट्रिय बहिरा महासंघ नेपालले आयोगमा बुझाएको ज्ञापनपत्रबाट कानूनबमोजिम कारवाहीको माग गरिएकोतर्फ पनि आयोगले सरकारको ध्नाषकर्षण गराएको छ । 

Advertisement

आयोगले उक्त घटनाको सम्बन्धमा महान्यायाधिवक्ताको कार्यालय, प्रहरी प्रधान कार्यालय र सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा समेत पत्राचार गरेको छ । सो घटनाको सम्बन्धमा प्रभावकारी अनुसन्धान गरी आफूलाई जानकारी गराउन नेपाल प्रहरीलाई निर्देशन दिँदै आयोगले प्रहरीलाई आवश्यक सहयोग पुर्याउन सरोकारवाला सबैलाई आग्रह गरेको छ । 

Advertisement

Advertisement