युरोकप: फुटबलका महारथी टोलीहरु इंग्ल्याण्ड र स्पेन समूह चरणबाटै वाहिरिए

Advertisement

एजेन्सी। पहिलो पटक युरोकप खेलिरहेको उत्तरी युरोपको सानो मुलुक आइसल्याण्ड फुटबलको महारथी टोली इंग्ल्याण्डलाई हराउँदै प्रतियोगिताको क्वटरफाइनलमा प्रबेश गरेको छ ।

अविश्वसनीय नतिजा निकाल्ने क्रममा आइसल्याण्डले इंग्ल्याण्डलाई २-१ ले हराउन सफल भयो ।

Advertisement

खेल सुरु भएको चौथो मिनेटमै इंग्ल्याण्डका कप्तान वायेने रुनीले पेनाल्टीमार्फत अग्रता दिलाएका थिए । आइसल्याण्डका गोलरक्षक हल्डोरसनले इंग्लिस फर्वाड रहिम स्टिर्लिङलाई फल गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए ।

तर इंग्ल्याण्डको अग्रता २ मिनेटपनि टिक्न सकेन । छ्रैटौं मिनेटमा रग्नर सिगुरोसनले बराबरी गोल फर्काए । १८औं मिनेटमा आइसल्याण्डले अप्रत्यासित अग्रता लियो । कोल्वेइन सिग्पोर्सनले गोल गरे र टोलीलाई दुई एकको अग्रता दिलाए । विश्व वरियातामा इंग्ल्याण्ड ११औं स्थानमा रहेको छ ।

दोस्रो हाफमा इंग्ल्याण्डले खेलमा फर्कने प्रयास गरेपनि सफल हुन सकेन । क्वाटरफाइनलमा अब आइसल्याण्डले आयोजक फ्रान्ससँग खेल्नेछ । फ्रान्सले यसअघि आयरल्याण्डलाई हराएर क्वाटरफाइनलमा पुगिसकेको छ ।

यो खेलसँगै युरोकको क्वाटरफाइनल समिकरण पनि पूरा भएको छ । क्वाटरफाइनलको पहिलो खेलमा आगामी बिहीबार राति पोल्याण्ड र पोर्चुगल, शुक्रबार राति वेल्स र बेल्जियम, शनिबार राति जर्मनी र इटली तथा आइतबार राति आयोजक फ्रान्स र आइसल्याण्डबीच प्रतिस्पर्धा हुनेछ ।

त्यसैगरी, गय राती नै सम्पन्न अर्को खेलमा चीर प्रतिद्धन्दी इटलीसँग पराजित भएपछि साविक बिजेता स्पेन फ्रान्समा जारी युरोकप फुटबलको प्रि-क्वाटरफाइनल चरणबाटै बाहिरिएको छ ।

फ्रान्सको पेरिसस्थित राष्ट्रिय रंगशालामा सम्पन्न खेलमा इटलीले स्पेनलाई २-० गोलले हराउँदै गत संस्करणको

फाइनलमा ब्यहोरेको पराजयको बदलासमेत लिएको छ । सन् २०१२ को फाइनलमा स्पेनले इटलीलाई ४-० ले हराउँदै लगातार दोस्रो पटक उपाधि कव्जा गरेको थियो ।

स्पेनविरुद्ध इटालीका डिफेण्डर जरेजियो चेलिनीले गोलको खाता खोलेका हुन् । ३३औं मिनेटमा एडर मार्टिनको फ्रि-किक प्रहार रोकेपनि स्पेनिस किपर डेभिड डि गायले बल क्लियर गर्न नसक्दा पेनाल्टी एरियामा रहेका चेलिनीले सहजै बललाई जालीचुमाएका थिए ।

खेलमा नियमितपछि थपिएको अतिरिक्त समयको पहिलो मिनेटमा ग्राजियानो पेल्लेले गोल गर्दै इटालीलाई २-० को जित सुनिश्चित गराए । डिफेन्सिभ कमजोरीले स्पेनले दोस्रो गोल खान पुगेको थियो ।

इटलीले क्वाटरफाइनलमा विश्वबिजेता जर्मनीको सामना गर्नेछ । जर्मनी स्लोभाकियालाई हराउँदै यसअघिनै क्वाटरफाइनलमा पुगिसकेको छ ।

Advertisement

Advertisement