काठमाडौंः नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान अनिल गुरुङले अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने तयारी गरेका छन् । घरेलु मैदान सातदोबाटोमा हुने फिलिपिन्सबिरुद्धको एएफसी एसिया कप छनोट खेलेर अन्तर्राष्ट्रिय खेलबाट बाट सन्यास लिने भएका हुन ।
एक दशकभन्दा बढी समय नेपाली राष्ट्रिय टोलीबाट खेलेका अनिलले नेपालका लागि ४९ वटा अन्तर्राष्ट्रिय खेल खेलेका छन् । उनले लन्डन रभारतबाट समेत व्यावसायिक फुटबल खेलेका थिए । अनिलले भारतको सिलोङ लाजोङमा अनुवन्धित भएर आई लिगमा खेलेका थिए । उनले घरेलु फुटबलमा मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार, एनआरटी, बिग्रेड ब्वाइज क्लबलगायत क्लबबाट खेल्दै आएका छन् ।
पोखराका अनिल गुरुङ सहारा कल्बको साहारा एकेडेमीबाट उत्पादित खेलाडी हुन् । उनलाई नेपाली फुटबलमा सफल स्ट्राइकरको रूपमा लिइन्छ । पछिल्लो समय अनिल राष्ट्रिय टोलीका कप्तानको भुमिकामा रहेका छन् । उनी नेपालको घरेलु मैदानमा कात्तिक २८ गते हुने फिलिपिन्ससँगको खेल अन्तिम खेलेर अन्तर्राष्ट्रिय खेल जीबनबाट संन्यास लिने तयारी गरेका हुन ।