नरेश बुढाएर र सुशन भारी विदेशी क्लबमा

Advertisement

काठमाडौं । नेपाली दुई क्रिकेट खेलाडी नरेशबहादुर बुढाएर र सुशन भारी अलगअलग देशका क्रिकेट क्लबमा अनुबन्ध भएका छन् ।ब्याट्सम्यान बुढाएर क्यानाडाको टोरोन्टोस्थित बुल्मफिल्ड क्रिकेट एकेडेमीमा तथा बायाँ हाते स्पिनर भारी इङ्ग्ल्यान्डको क्रनवालस्थित फलमाउथ क्रिकेट क्लबमा अनुबन्ध भएका हुन् । 

क्लबले बुढाएरलाई यसै वर्षको अक्टोबर र भारीलाई सेप्टेम्बरसम्मका लागि अनुबन्ध गरेका छन् । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व प्रशिक्षक पुवुदु दासानायके र आफ्नो पहलमा उनीहरू विदेशी क्लबमा अनुबन्ध भएको नेपाल क्रिकेट खेलाडी सङ्घले जनाएको छ । 

Advertisement

सङ्घका महासचिवसमेत रहेका नेपाली टोलीका कप्तान पारस खड्काका अनुसार क्लबले नेपाली खेलाडीलाई खाने, बस्ने, हवाई टिकट उपलब्ध गराएको छ । दुवै खेलाडी भोलि (बुधबार) क्यानाडा र बेलायत प्रस्थान गर्नेछन् ।

Advertisement

Advertisement