काठमाडौं । अभ्यास खेलका लागि बेलायत पुगेको नेपाली क्रिकेट टोलीले लगातार तेस्रो जीत हात पारेको छ । शुक्रबार स्टानमोर क्रिकेट क्लबमा भएको खेलमा नेपाली टोलीले क्रिकेट क्लब कन्फ्रेन्स (सीसीसी)लाई चार विकेटले पराजित गरेको हो ।
कप्तान पारस खड्काको प्रभावशाली ब्याटिङका कारण टस जितेको सीसीसीले निर्धारित ५० ओभरमा छ विकेट गुमाई २२६ रन मात्रै बनाउन सक्यो । ओपनरहरु ज्ञानेन्द्र मल्ल र अनिल मण्डलको साथका कारण खड्काले ६६ बलमा ६७ रन बनाएपछि नेपालले ४६ दशमलव १ ओभरमा लक्ष्य पूरा गर्न सफल भएको थियो ।
नेपालले यसअघि भएका पहिलो र दोस्रो खेलमा पनि सफलता हात पारेको थियो । पहिलो खेलमा फ्रि फोरेस्ट क्रिकेट क्लब र दोस्रो खेलमा इन्डियन जिमखाना क्रिकेट क्लबलाई पराजित गर्न सफल भएको हो । अब नेपालले इस्टबर्न क्रिकेट क्लबसँग आइतबार ५० ओभरको खेल खेल्ने छ ।