करोडौं रुपियाँ ठगेर भारतीय नागरिक फरार

Advertisement

पोखराः स्थानीय सिर्जनाचोकमा व्यापार गर्दै आएका एक भारतीय नागरिक सयौँ ग्राहकलाई ठगेर बेपत्ता भएका छन् ।

अक्सिजन ट्रेडर्सको नामबाट व्यापार गर्दै आएका राजेन्द्र थेङ्वेलले सस्तो मूल्यमा इलेक्ट्रोनिक्स तथा फर्निचरलगायतका सामान उपलब्ध गराइदिन्छु भन्दै अग्रिम भुक्तानी लिएकामा एकाएक आज बेपत्ता भएपछि ग्राहकहरु विचल्लीमा परेका हुन् ।

बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा उपलब्ध गराउने आश देखाएर ग्राहकले एक लाखदेखि एक लाख ५० हजार रुपियाँसम्म रकम अग्रिम भुक्तानी गरेका र आज सबैलाई तोकिएका सामान उपलब्ध गराउने भनेकाले पसलमा आउँदा बन्द देखेपछि सबै आश्चर्यचकित भएका थिए ।

जिल्ला प्रहरी कार्यालय प्रहरीले अक्सिजन ट्रेडर्सका मालिक राजेन्द्रले ग्राहकलाई ठगेर बेपत्ता भएको उजुरी कार्यालयमा परेको र निजको खोजी कार्य भइरहेको प्रहरीले जनायो ।

Advertisement

Advertisement

Advertisement