रियो दि जेनेरियो (ब्राजिल)। ओलम्पिक खेलका लागि लामो सयमदेखि तयारीमा जुटेको दक्षिण अमेरिकी मुलुक ब्राजिलले शुक्रबार राती अर्थात् नेपाली समय अनुसार शनिबार बिहान राजधानी रियो दि जेनेरियोस्थित माराकाना रंगशालाबाट एक भब्य आयोजना गर्दै ओलम्पिक खेलको औपचारिक उद्घाटन गरेको छ।
ब्राजिलमा देखिएको आर्थिक मन्दी, ड्रग्सका अपराध र भौतिक संरचनाका बारेमा प्रचार गरिएका अफवाहबीच अन्तत माराकाना रंगशालामा ७० हजार खेलप्रेमी तथा खेलाडीका प्रंशसक, १० हजार ४०० खेलाडी र दर्जनौँ विश्व प्रसिद्ध नेताहरूमाझ भव्य स्वागतका साथ उद्घाटन गरेको हो।
महान फुटबलका हस्ती पेलेले ओलम्पिक दिपको उद्घाटन गर्ने भनिएपनि उनी अस्वशस्थ भएपछि उनको ठाउमा ब्राजिलकै धावक भ्यानडर्ली कर्डरियो डे लिमाले ओलम्पिक दीप बालेका थिए।
आयोजकका अनुसार सो उद्घाटन सत्र बिश्वभरका तीन अर्ब भन्दा बढी दर्शकले टिभीबाट प्रत्यक्ष रुपमा हेरेको दाबी गरिएको छ।
ओलम्पिकको आयोजकहरुले ब्राजिलियन सहरमा विभिन्न रङका उज्याला बत्ती र धमाकादार संगीतमा साम्बा (नाच)को सानदार प्रदर्शनकाबीच स्थानीय समयानुसार शुक्रबार बेलुका ८ बजे सो उद्घाटन गरिएको हो।
“मलाई विश्वास छ, यस उद्घाटन समारोहले ब्राजिलियाली नागरिकका दुःख र पीडालाई बिर्साउन एउटा स्रोत बन्यो”–उद्घाटन समारोहपछि सिर्जनशील निर्देशकहरुमध्ये एक फर्नान्डो मेरिलिजले भने।
सत्र दिन लामो खेल उत्सवले विभिन्न देशमा देखिएको दुःखदायी घटनाहरुलाई बिर्साएर संसारलाई रमाइलो प्रदान गर्ने र सकारात्मक ऊर्जा दिलाउने मेरिलिजले आशा गरेका छन् ।
खेलमा २०५ राष्ट्रका खेलाडीले ३०६ सेट मेडलका लागि प्रतिस्पर्धा गर्नेछन् । यस वर्ष अफ्रिकी दुई राष्ट्र कोसोभो र दक्षिण सुडानले पहिलो पटक सहभागिता जनाएका छन् ।