क्रसमान्डु नेसनल च्याम्पियनसिपको विजेता क्रमसः श्रेष्ठ, कार्की र डण्डेगुलु (फोटोफिचर)

Advertisement

काठमाडौं– तिनकुनेको खुल्ला स्थानमा शनिबार आयोजित ‘क्रसमान्डु नेसनल च्याम्पियनसिप २०१६’को पहिलो स्थान अस्कर श्रेष्ठले जितेका छन् । प्रतियोगितामा प्रशान्त कार्कीले दोस्रो र सुरज डण्डेगुलुले तेस्रो स्थान हासिल गरेका छन् । 

नेपाल मोटरसाइकल फेडरेसन (एनएमएफ) को आयोजनामा सञ्चालित उक्त च्याम्पियनसिपमा २५० सीसीसम्मका ४५ जना अफरोड डर्ट बाइक राइडरको सहभागिता रहेको थियो । तिनकुनेमा निर्माण गरिएको करिब ५५० मिटरको अफरोड ट्रयाकमा बाइक राइडरहरुले आफ्नो रेसिङ कौशल प्रदर्शन गरेका थिए । 

Advertisement

अन्तर्राष्ट्रिय तालिमप्राप्त मार्सलहरुको सुपरिवेक्षणमा सञ्चालन गरिएको जनाइएको यो प्रतियोगितामा भाग लिने खेलाडीहरुलाई समेत रेसिङसम्बन्धी आधारभूत प्राविधिक ज्ञान र निर्देशन प्रदान गरिएको थियो । प्रतियोगितालाई क्वालिफाइङ, सेमी–फाइनल र फाइनल राउन्ड गरी ३ चरणमा विभाजन गरिएको थियो । चिकेन ¥याम्प, हाई स्पिड ट्रयाक र हाई जम्प जस्ता विभिन्न प्रकारका ट्रयाकमा उक्त च्याम्पियनसिप सम्पन्न भएको थियो । 

च्याम्पियनसिपका बिजेताहरुले क्रमशः ३० हजार, २० हजार र १० हजार रुपियाँ नगद तथा सिल्ड, पदक र प्रमाणपत्र प्राप्त गरेका थिए । त्यसैगरी विभिन्न प्रकारका उपहारसमेत प्राप्त गरेका छन् । अफरोड राइड रुचाउने बाइक राइडरहरुका लागि यो एउटा उपयुक्त प्लेटफर्म भएको र यसको माध्यमबाट उनीहरुका लागि अन्तर्राष्ट्रिय लेभलको प्रतियोगितामा समेत सहभागी हुने ढोका खुल्ने आयोजकको भनाई छ । 

Advertisement

Advertisement