रोजगारीबाट फर्केकाको साथबाट ४६७ ग्राम सुन जफत

Advertisement

काठमाडौँ। त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भन्सार कार्यालयले वैदेशिक रोजगारीबाट फर्केका ६ जनाले ल्याएको ४ सय ६७ ग्राम सुन जफत गरेको छ ।

भन्सार बिघग्को निर्देशनमा सरकारले साउन १ गतेदेखि काँचो सुन ल्याउन पूर्ण प्रतिबन्ध लगाए पनि विदेशबाट फर्केकाले ल्याएको सुन भन्सार कार्यालयले जफत गरिरहेको छ।

Advertisement

भन्सार कार्यालयका प्रमुख योगेन्द्र गौचनका अनुसार साउन १ देखि ३ गतेसम्म विदेशबाट फर्केकाले काँचो सुन ल्याएका कारण जफत गरिएको हो। उनले ६ जना व्यक्तिबाट ४६७ ग्रामसम्म सुन जफत गरिएको बताए ।

Advertisement

Advertisement