काठमाडौंः एमभी दुगड ग्रुपको आयोजनामा भएको रोयल इन्फिल्ड ट्रेजर हन्टराइड २०१८ दोस्रो संस्करण सम्पन्न भएको छ । प्रतियोगिता यसै शनिबार हिमालयन मोटरल्याण्ड धुलिखेलमा सम्पन्न भएको हो ।
बिहान ८ः३० बजेबाट सुरु भएको उक्त प्रतियोगितामा यात्राको क्रममा पालना गनुपर्ने ट्रााफिक नियम र सुरक्षाबारे जानकारी पनि दिइएको थियो । बालाजु औद्योगिक क्षेत्रबाट सुरु भई कोटेश्वर, भक्तपुर, साँगा हुँदै धुलिखेलमा गएर सम्पन्न भएको थियो ।
नयाँ वर्षको पहिलो हप्तामा भएको प्रतियोगिताको मुख्य उद्देश्य राइडिङ कल्चरलाई प्रोत्साहन गर्नु, सडक सुरक्षाको जनचेतना जगाउनुको साथै भातृत्व प्रेमको विकास गर्दै मोटरसाइकल पर्यटनको प्रर्वद्धन गर्ने रहेको आयोजकले जनाएको छ ।
प्रतियोगितामा एक सय ४० इन्फिल्ड बाइकसहित दुई सय ५६ जनाको सहभागिता रहेको थियो । सहभागीहरुले विभिन्न पुरस्कार समेत प्राप्त गरेका थिए ।