काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को आयोजनामा दोस्रो काठमाडौँ उपत्यकाव्यापी उमाविस्तरीय डन्डीबियो प्रतियोगिता मंगलबारदेखि हुँदैछ ।
प्रतियोगितामा काठमाडौँबाट चार, ललितपुर र भक्तपुरबाट समान ३–३ तथा काभ्रेपलाञ्चोकबाट २ गरी १२ टोलीको सहभागिता रहने राखेप, खेलकुद प्रतियोगिता तथा योजना विभागका अधिकृत मीनकुमार शर्माले जानकारी दिए ।
प्रतियोगितामा शीर्ष तीन स्थान हात पार्ने टोलीले क्रमशः १० हजार, सात हजार र तीन हजार रुपुरस्कार प्राप्त गर्नेछन् । दुईदिने उक्त प्रतियोगिताका खेल त्रिपुेश्वरस्थित राखेपको हातामा हुनेछ ।