एजेन्सीः इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले स्टोक सिटीलाई पराजित गरेको छ । गए राति भएको खेलमा युनाइटेडले सिटीलाई ३० गोलको अन्तरले पराजित गरेको हो ।
युनाइटेडको घरेलु मैदानमा भएको खेलमा पाउल पोग्बाको उत्कृष्ट प्रदर्शनको मद्दतले घरेलु टोलीले सानदार जित निकालेको हो । पोग्बाले युनाइटेडको लागि खेलको नवौं मिनेटमा र ३८ मिनेटमा गोल गर्दै पहिलो हाफमा टोलीको अग्रता दोब्बर बनाए । साथै, खेलको ७२ औं मिनेटमा रामोलु लुकाकुले घरेलु टोलीको लागि गोल गर्दा युनाइटेडले ३० को जित दर्ता गर्न सफल भयो ।
जितसँगै लिगमा दोस्रो स्थानमा रहेको युनाइटेडको २३ खेलबाट ५० अंक रहेको छ । शीर्ष स्थानको म्यानचेस्टर सिटीको समान खेलबाट लिगमा ६२ अंक रहेको छ । युनाइटेडले जितसँगै शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी १२ मा झारेको छ ।