पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको फिरौती र अपहरण प्रकरणमा प्रहरी निरीक्षक पनि मुछिए

Advertisement

ललितपुर । पूर्वमन्त्री श्यामसुन्दर गुप्ताको अपहरण काण्डमा एक जना प्रहरी निरीक्षक पनि मुछिएका छन् । लामो समय अपरण मुद्दामै जेल सजाय काटेर बाहिरिएका गुप्ताले फेरि एक महिला (म्यानपावर व्यवसायी तारा रेग्मी)लाई धम्क्याउँदै पैसा माग्ने र अपहरण गर्ने प्रयास गरेपछि उनलाई प्रहरीले पक्राउ गरेको थियो । 

गुप्ताकै बयानका आधारमा नेपाल प्रहरीको भैंसेपार्टी प्रभागका एक प्रहरी निरीक्षक अनिल पण्डितलाई पक्राउ गरी प्रहरीले छानविन सुरु गरेको छ । वरिष्ठ प्रहरी उपरिक्षक पिताम्बर अधिकारीका अनुसार पण्डितलाई पनि छानबिनका लागि प्रहरी हिरासतमा राखिएको छ । यस प्रकरणका अरु पनि संलग्न रहेको हुनसक्ने प्रहरीको अनुमान छ । 

Advertisement

श्रीमती हत्यामा दोषी ठहर भई जेल सजाय काटिरहेका सशस्त्र प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक रञ्जन कोइरालाकी प्रेमीका भनिएकी तारा रेग्मीलाई धम्क्याएर पैसा मागेको आरोपमा पूर्वमन्त्री गुप्ता पुनः पक्राउ परेका हुन् । गुप्ताको उक्त कार्यमा प्रहरी निरीक्षक पण्डितको समेत संलग्नता हुनसक्ने आशंका देखिएकोले उनलाई पक्राउ गरिएको अधिकारीको भनाई छ । 

अदालतबाट ११ महिना १० दिनको सजाँय पाएकी रेग्मीलाई मुद्दा मिलाइदिने भन्दै गुप्ताले ५० लाख रुपियाँ माग गरेका थिए। रेग्मी कोइरालाकी कान्छी श्रीमती हुन्। रन्जन हाल आफ्नो जेठी श्रीमती गीताको हत्या आरोपमा कैद भुक्तान गरिरहेका छन्। प्रहरीको अनुसार निरीक्षक पण्डित र गुप्ताबीच डिल्लीबजार कारागारमा चिनजान भएको हो।

 

Advertisement

Advertisement