काठमाडौं। नेपालकै क्रिकेट परिषदको विवाद र अन्तरिक समस्याले गर्दा नेपाली क्रिकेटको राष्ट्रिय प्रशिक्षकबाट सन् २०१५ को अन्तिमतिर राजिनामा दिएका पुवुदु दशानायके अन्तत: अमेरिकाको राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा नियुक्त भएका छन् ।
लगभग तिन वर्षजति नेपाली टोली सम्हालेका उनलाई आइसीसी अमेरिकाले प्रशिक्षकमा नियुक्त गरेको हो । तर नेपाल जस्तै, अमेरिकाको पनि क्रिकेट एशोसिएसन अहिले निलम्बनको अवस्थामा छ र आइसीसी आफैंले यसको जिम्मा लिइरहेको छ।
दशानायकेले अमेरिकाको क्रिकेट प्रशिक्षक बन्ने मौका पाएकोमा खुसी व्यक्त गरेका छन् । साथै उनले पहिलो प्राथमिकता डिभिजन ४ को तयारी भएको बताए, जुन अर्को महिना हुनेछ । दशनायकेले अब अमेरिकालाई पनि नेपाललाई जस्तै डिभिजन ४ बाट विश्वकपसम्म पुर्याउने लक्ष्य रहेकेा प्रतिक्रिया दिएका छन्।
श्रीलंकन मुलका क्यानेडियन प्रशिक्षक दशानायकेले नेपालमा रहंदा नेपाली क्रिकेट टोलीलाई डिभिजन ४ बाट विश्व क्रिकेट लिग च्याम्पियनसिपसम्म पुर्याए भने टी २० मा समेत नेपालले विश्वकप खेल्ने अवशर प्राप्त गर्यो ।