काठमाडौँ। नक्कली शैक्षिक प्रमाणपत्र पेश गरी डाक्टर बनेकाहरुको अनुशन्धानमा खटिरहेको प्रहरीले सोमबार थप दुई नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरुलाई पक्राउ गरेको छ।
केन्द्रीय अनुसन्धान ब्युरोको अपरेसन क्वाक अन्तर्गत उनीहरुलाई नक्कली शैक्षिक प्रमाणपत्रको पेश गरी चिकित्सकहरुको दर्ता प्रमाण पत्र परीक्षामा सहभागी र सोही आधारमा चिकित्सक दर्ता प्रमाण पत्र लिई चिकित्सक बनी कार्य गरेको देखिन आएकोले उनीहरुलाई पक्राउ गरिएको,ब्युरोको प्रहरी उपरीक्षक दिवेश लोहनीले जानकारी दिए।
पक्राउ पर्नेमा भारतवाट प्रमाणपत्र तहको नक्कली प्रमाणपत्र पेश गरी मीडइस्ट पोलीक्लिनिक, युएइमा कार्यरत चिकित्सक बालकृष्ण अर्याल, ३७, र काठमाडौँको बाँसबारीबाट जनासेवा डेन्टल हस्पिटल, पथरी मोरंगमा कार्यरत संजिव कुमार साह छन् ।
प्रहरीका अनुसार उनीहरुले चिकित्सक दर्ता परीक्षा समेत उतिर्णनै नगरी बिना दर्ता प्रमाण पत्र रजिष्टर्ड चिकित्सक हुँ भनि लेखि सर्वसाधारण मानिसहरुको उपचार गराई रहेको पत्ता लगाएका थिए।
यस अपेरेसशनमा ब्यूरो, नेपाल मेडिकल काउन्सिल र उच्च माध्यमिक शिक्षा परिषदद्धारा संयुक्त रुपमा अनुसन्धान र छानबिन गरेका थिए ।
उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।