एजेन्सीः रेनलाई पराजित गर्दै पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग कपको फुटबलको फाइनलमा स्थान बनाएको छ । पीएसजीले सेमिफाइनलको खेलमा रेनलाई ३-२ गोलले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
केलियन एमबाप्पे रातो कार्ड खाएर मैदान छाडेपछि पीएसजी १० खेलाडीमा समेटिएको थियो । पिएसजीका लागि थोमस मेएनिएर, काक्विनहोस र गिओवानी लो सेल्सोले गोल गरेका थिए। रेनका लागि त्यसपछि डिएफ्रा साखो र सान्जिन प्रिसिकले गोल गरे।
६३ औँ मिनेटमा इस्माइला सारसँग खराब ट्याकल गरेका एमबाप्पेलाई रेफ्रीले भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर) ले रातो कार्ड देखाएका हुन् ।
पिएसजीले मोनाको वा मोन्टपेलिएरसँग फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।