काठमाडौँ: प्रहरीले राजधानीको विभिन्न गोष्ठी तथा सेमिनार स्थलमा प्रवेश गरी चोरी गर्ने एक व्यक्तिलाई पक्राउ गरेको छ ।
उनले केही महिना देखि राजधानीको होटेलहरुमा प्रवेश गरी विभिन्न सामान चोरी गर्ने कार्यमा संलग्न अशोक के.सी भन्ने हरिशरण के.सीलाई पक्राउ गरेको हो ५२ वर्षीय केसी लेलेको स्थायी निवाशी हुन् ।
उनले यही २० गते जमल स्थित एल्लो प्यागोडा होटेलमा प्रवेश गरी ३२,५०० रुपियाँको धनमाल चोरी गरी लागेका थिए । त्यती बेला उक्त होटेलमा एक बैंकको तालिम संचालन भैरहेको अवस्थामा बैंकक प्रशिक्षार्थी सम्झना ढकाल समेत ३ जनाको लेडिज ब्याग तथा उक्त ब्याग भित्र रहेको नगद तथा मोवाईल समेत उनले चोरी गरेका थिए ।
उनको साथबाट फायर साइड दैनिकको पत्रकार परिचय पत्र पनि बरामद गरेको छ ।
प्रत्यक दिनको कार्यक्रम स्थल डायरीमा टिप्थे
रोचक त के भने उनले कुन कुन होटेल र स्थानमा कार्यक्रम हुँदै छ त्यसको जानकारी प्रत्यक दिन आफ्नो डायरीमा एफएममार्फत टिप्ने गरेको खुलेको छ ।
घटना विवरण यस्तो छ --
मिति २०७४।१०।२० गते दिउँसो अं १२: ४५ बजेको समयमा जिल्ला काठमाण्डौ का।म।न।पा वडा नं १ कान्तीपथ एल्लो प्यागोडा होटेलमा बैंकरहरुको तालिम संचालन भएकोमा खाजाको समयमा फायर साइड दैनिकको प्रेस कार्ड देखाई अपरिचित ब्यक्ति होटेलको गणेश हलमा प्रबेश गरी प्रशिक्षार्थी सम्झना ढकाल समेत ३ जनाको लेडिज ब्याग तथा उक्त ब्याग भित्र रहेको नगद तथा मोवाईल समेतका धनमाल समेत गरि अन्दाजी रु ३२,५००।( बराबरको धनमाल चोरी गरी लाने कार्यमा सम्लग्न रहेका जिल्ला ललितपुर लेले गा।वि।स। वडा नं ५ घर भई हाल ललितपुर गोदावरी न।पा। वडा न ५ बस्ने बर्ष ५२ को असोक के।सी भन्ने हरिशरण के।सी। लाई होटेलबाट चोरी गरेको धनमाल मध्ये मोवाईल तथा चोरी गर्दा प्रयोग भएको ब्याग तथा बिभिन्न कागत पत्र सहित मिति २०७४।१०।२३ गते ललितपुर लगनखेल बाट पक्राउ गरि आवश्यक कारवाहीको लागी महानरिय प्रहरी परिसर काठमाण्डौ पठाईएको ।
अनुसन्धानको क्रममा प्रारम्भिक सोधपुछ गर्दा निज असोक भन्ने हरिशरण के।सी। ले बिभिन्न संचार माध्यम एफएमसमेत बाट सम्बन्धित कार्यक्रमको बारेमा जानकारी लिने तथा जानकारी पश्चात कार्यक्रम स्थलमा पुगी कार्यक्रममा उपश्थित मानिसहरुको ब्याग तथा ब्याग भित्र भएको ल्यापटपसमेत चोरी गर्ने गरेको खुल्न आएको ।
पक्राउ ब्यक्ति:
१) नाम: अशोक के.सी भन्ने हरिशरण के।सी।
उमेर ५२ वर्ष
ठेगाना : जिल्ला ललितपुर लेले गा।वि।स। वडा न ५ साविक हाल गोदावरी न।पा। वडा न ५ ।
बरामद भएका सामानहरु:
१) आपो मोबाइल मोवाईल थान १
२। घडी २ थान
३। निलो ब्याग १ थान
४। फायर साइड लेखेको प्रेस कार्ड १ थान ।
५। कार्यक्रम सम्बन्धि लेखिएको डायरी १ थान ।
६। सिम कार्ड २ थान