काठमाडौँ:नेपाल प्रहरीको केन्द्रिय अनुशन्धान ब्युरोले नेपाली चलचित्र क्षेत्रका प्रख्यात द्वन्द निर्देशक राजेन्द्र खड्गीमाथि अनुसन्धान सुरु गरेको छ । प्रहरीले उनीमाथि गैरकानूनी ढंगले नेपालीहरुलाई दक्षिण कोरिया पठाएको आरोप लागेको छ ।
केही समय अगाडि दक्षिण कोरियामा सांस्कृतिक कार्यक्रमम भाग लिन खड्गीसहितको जम्बो टोली त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको प्रहरीको भनाई छ । तर, खड्गी र अर्को एकजना मात्रै नेपाल फर्केको र बाँकी ११ जना उतै बसेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
प्रतिव्यक्ति १० देखी १५ लाख रुपियाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे पठाएको सूचना प्रहरीले पाएको हो । सोही घटनाका आधारमा ब्यूरोेले उनीमाथि अनुसन्धान शुरु गरेको हो ।
ब्युरोका प्रबक्ता तथा प्रहरी उपरीक्षक जीबन कुमार श्रेष्ठले भने, ‘राजेन्द्र खड्गीसँग गएका ११ जना दक्षिण कोरियामा लुकेको सूचना आएको छ । हामीले प्रारम्भिक अनुसन्धान शुरु गर्दैछौँ।’
खड्गीसँगै एउटै टोलीमा गएका श्री प्रसाद राना, निमा शेर्पा र कालु लामा लगायतका ११ जना युवा–युवती कोरियामै रहेको प्रहरीको शुरुको अनुसन्धानमा छ ।