बन्द रहेको होटल एभरेष्टका सञ्चालक लारी पक्राउ

Advertisement

काठमाडौं: हाल संचलानमा नरहेको एभरेष्ट होटलका सञ्चालक मस्कुर अहमद लारी लागूऔषध सम्बन्धि मुद्दामा विहिबार पक्राउ परेका छन् ।

उनलाई महानगरीय प्रहरी परिसर टेकुको टोलीले पक्राउ गरेको हो । प्रहरीका अनुसार लारी २१ वर्ष अघिको अवैध लागूऔषध कारोबारमा संलग्न भएको अपराधमा फरार रहेका थिए । उनलाई काठमाडौँको महाराजगंजबाट पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनले दायर गरेको होटेल एभरेष्ट संचालनको मुद्दामा उनले दुई दिन अघि मात्रै सो मुद्दा जितेका थिए । लारी होटेल एभरेष्ट अन्तर्राष्ट्रिय लिमिटेडका अध्यक्ष तथा संचालक दुवै हुन् ।

प्रहरीले उनीमाथि थप अनुशन्धान गरिरहेको पूर्ण जानकारी पछि दिइने परिसरले जनाएको छ ।

[caption id="attachment_60881" align="aligncenter" width="700"] बन्द हुनु पूर्वको होटेल एभरेष्ट[/caption]

Advertisement

Advertisement

Advertisement