काठमाडौंः आफू कलाकार हुँ भन्दै कोरिया पठाउने नाममा मानव बेचबिखन गर्ने राजेन्द्र खड्की पक्राउ परेका छन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले बिहीबार ठमेलबाट पक्राउ गरेको हो ।
विभिन्न चलचित्रमा द्धन्द्ध निर्देशकको भूमिका खेल्दै आएका उनले दक्षिण कोरियामा ड्रामा, डकुमेन्ट्री, फिल्म बनाउने भनी कलाकारको नामा विभिन्न व्यक्तिलाई पठाएर मानव ओसारपसार गर्दै आएको प्रहरीको भनाई छ ।
उनलाई आजै काठमाडौं जिल्ला अदालतबाट मानव बेचविखन तथा ओसार पोसार मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको छ । चन्द्रागिरी–२० घर भएका ५७ बर्षीय खड्कीलाई प्रहरीले केही दिनदेखि पक्राउ गर्न खोजिरहेको थियो ।