काठमाडौँ: प्रहरीले राजधानीमा गाडी, पैसा र पहुँचको प्रलोभन देखाउंदै बजार भाउभन्दा सस्तोमा सुन मिलाईदिन्छु भन्दै ठगि गर्ने गिरहोलाई पक्राउ गरेको छ ।
घटना विवरण यस्तो छ:
केहि व्यक्तीहरुले बजार भाउ भन्दा सस्तोमा सुन दिन्छु भनि प्रलोभन एवं विश्वासमा पारी २० लाख लिई सुन नदिई रकम ठगी गरेको भनी पिडितहरुले यस कार्यालयमा हुलिया निवेदन दिए पश्चात उक्त निवेदनका सम्बन्धमा अनुसन्धान गर्ने क्रममा माघ २५ गते उपत्यकाका बिभिन्न स्थानहरुबाट तपशिलमा उल्लेखित व्यक्तीहरुको साथबाट २० लाख ५० हजार रुपियाँ, आइफोन सिक्स ६ थान, र बा. ११ च ७६४२ नम्बरको स्विफ्ट गाडी सहित बरामद गरी पक्राउ गरिएको।
साथै उपरोक्त घटनामा पक्राउमा परेका नरेन्द्र महराको साथबाट बरामद भएको आइफोनको फोटो ग्यालरीमा रेडपाण्डाको छालाको फोटो देखिएपछी सो सम्बन्धमा अनुसन्धान गर्दै जाँदा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला थान १ झोलामा बोकी हिँडेको अवस्थामा का।जि।का।म।न।पा। वडा नं। ६ बस्ने वर्ष २४ को भरत विलाश पराजुलीलाई २५ गते नै काठमाण्डौ कपन शिव मन्दिरबाट पक्राउ गरिएको।
उनीहरुलाई प्रहरीले थप अनुसन्धान तथा कारवाहीको लागी २६ गते जिल्ला वन कार्यलाय, हात्तिसार पठाईएको बताएको छ ।
कानुनी व्यबस्था:
मुलकी ऐन ठगीको महल बमोजिम ठगी गर्ने लाई ठगी लिएको विगो बमोजिम वगो भराई विगो बमोजिम जरिवाना र ५ वर्ष सम्म कैद ।
पक्राउ व्यक्तिहरु:
नाम: नरेन्द्र द्र महरा
उमेर: ३२ वर्ष
ठेगाना: जिल्ला दाङ, घोराही(४
हाल:का।जि।, बुढानिलकण्ठ
नाम: इन्द्रसिंह धामी
उमेर: ३३ वर्ष
ठेगाना: जिल्ला दार्चुला, भगवती(४
हाल: ललितपुर , बुङमती
नाम: भुपेन्द्रसिंह धामी
उमेर: २८वर्ष
ठेगाना: जिल्ला दार्चुला, भगवती(४
हाल: ललितपुर , बुङमती
नाम: भरत बिलाश पराजुली
उमेर: २४ वर्ष
ठेगाना: जिल्ला चितवन, कालिका न।पा। ,वडा नं।१
हाल: का।जि। ,टेकु