हङकङ। महिला विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको पहिलो खेलमा आयोजक हङकङसँग खेल्न उत्रिएको नेपाली टोली ६ विकेटले पराजित भएको छ।
आइतबार हङकङको मोङ कोकमा टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्मला शाहीको सर्वाधिक १८ रनको योगदानमा निर्धारित २० ओभरमा सम्पूर्ण विकेट गुमाउदै ७७ रन बनाउन सफल भयो।
प्रत्युत्तरमा हङकङले ४ विकेटको क्षतिमा २१ बलको खेल हुन बाँकी रहँदै जीतलाई आत्मसाथ गर्यो। हङकङको जीतमा प्रारम्भिक ब्याट्वुमन यान यीपले ३३ रन बनाइन्। उनलाई निर्मलाले नै कट एन्ड बोल्ड गरेकी थिइन्। निर्मलाले बलिङतर्फ पनि २ विकेट लिएकी थिइन्।
नेपालको ब्याटिङको सुरुवात नै खराब रहयो। तर, निर्मला, रश्मी चौलागाई (११) र कप्तान रुबिना क्षेत्रीले (१२) दोहोरो अंक जुटाएपछि नेपालले १९ दशमलव २ ओभरमा राम्रै स्कोर खडा गर्यो। नेपालका लागि एक विकेट करुना भण्डारीले लिइन्।