काठमाडौंः नामिबियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन टु प्रतियोगिता अन्तर्गतको फाइनल खेलमा नेपाल संयुक्त अरब इमिरेटस्को सामना गर्दै छ । नेपालले टस हारेर फिल्डिङको निम्तो पाएको हो ।
प्रतियोगितामा नेपाल पाँच खेलबाट सार्वधिक ८ अंक बटुल्दै स्थानमा रहेर फाइनलमा गएको सथान बनाएको हो । नेपालले चार खेलमा जीत र एकमा हार बेहोर्दै फाइनलमा स्थान बनाएको थियो ।
युएई भने पाँच खेलबाट तीनमा जित र दुईमा हार बेहोर्दै छ अंक बनाएर रन रेटका आधारमा फाइनलामा प्रवेश गरेको हो ।