नेपाल उपविजेतामा  सीमित, ८ रनले यूएईसँग पराजित

Advertisement

काठमाडौं: नेपाल नमिबियामा जारी विश्व क्रिकेट लिग डिभिजन टूको उपविजेतामै सीमित बनेको छ । नेपालले आज यूएईसँग ७ रनले पराजित हुँदा उपविजेतामै चित्त भुझाउनु परेको हो ।

पारस खड्काको ११२ रनको शतकीय परीले पनि जित हाँसिल गर्न सकेन । यूएईले भने उपाधिसँगै समूह चरणमा व्यहोरको हारको बदला पनि लिएको छ ।

२७८ रनको लक्ष्य पछ्याएको नेपालका कप्तान पारस खड्काले उत्कृष्ट पारी खेल्दा पनि नेपाल ५० ओभरमा ८ विकेट गुमाएर २७० रन मात्र बनाउन सक्यो ।

अन्तिम ओभरमा पारसले तीन छक्का हानेका थिए । तर, जितका लागि नेपाललाई मात्र ८ रन पुगेन । १०३ बलको सामना गरेका पारसले ३ चौका र ८ छक्काको मदतमा अविजित ११२ रन बनाए ।

नेपालको सुरुवात मध्यम रहृयो । पहिलो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिलिप नाथले ३८ रनको साझेदारी गरे । नाथ १३ रनमा आउट भए । दुई बलपछि नै ज्ञानेन्द्र पनि व्यक्तिगत २४ रनमा पभेलियन फर्किए ।

पारसले दिपेन्द्र सिंह ऐरीसँग मिलेर पारी सम्हाले । दुबैले तेस्रो विकेटका लागि ७३ रनको साझेदारी गरे । दिपेन्द्र ३५ रनमा आउट भए ।

शरद भेषावकरले ६३ रनको साझेदारी गरे । शरद ३० रनमा पभेलियन फर्किए । आरिफ शेख ७ रनमा आउट भए,जतिबेला टिमको स्कोर १८६ रन थियो ।

रोहितकुमार पौडेलले छैटौं विकेटका लागि पारससँग ४२ रनको साझेदारी गरे । उनी २३ रनमा आउट भए । त्यसपछि भने ठूलो साझेदारी हुन सकेन ।

पारसले एउटा एण्डमा बसेर आक्रामक पारी खेलेपनि अरु ब्याट्सम्यान टिक्न सकेनन् । बुधबार नायकी प्रदर्शन गरेका करण केसी मात्र ३ रनमा आउट भए सोमपाल कामीले ६ रन मात्र बनाउन सके ।

Advertisement

Advertisement

Advertisement